अघिल्लो दिन १७ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने घटेको हो ।

शुक्रबार सुनको कारोबार प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँमा भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा ११ सयले कम हो ।

बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य समेत घटेको छ । चाँदी २० रुपैयाँले घट्दै प्रतितोला २ हजार ५ रुपैयाँ कायम भएको छ ।

 

तपाईको प्रतिक्रिया