ग्लोबल म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को इकाई बिक्री यही असार २२ गतेदेखि हुने भएको छ । ग्लोबल आइएमई बैंक कोष प्रवद्धक र ग्लोबल आइएमई क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन खुला गरिनेछ ।
प्रति इकाइ मुल्य रु.१० दरको १२ करोड इकाइमध्ये न्यूनतम बिक्री हुनुपर्ने ६ करोड वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाईमध्ये योजना व्यवस्थापकलाई १.५ प्रतिशत वा १८ लाख इकाई तथा कोष प्रवद्धक ग्लोबल आइएमई बैंकका लागि १३.५० प्रतिशत वा १ करोड ६२ लाख इकाई बीज पूँजीको रुपमा राखि बाँकी न्यूनतम १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड २० लाख इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु आस्वा सदस्य का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजनाको इकाई बिक्री बन्द छिटोमा असार २५ गते र ढिलोमा साउन ४ गते बैंकिङ समयपछि हुनेछ । यो बन्दमुखी योजना हो। योजनाको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

Online Arthik









