विकाश हाईड्रोपावर कम्पनी  आईपीओ आज धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलको कमलादीमा रहेको कार्यालयमा बाँडफाँड भएको छ ।

कम्पनीले गत असार १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको थियो ।

कम्पनीले आम सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरका कुल २९ लाख ४२ हजार ७६० कित्ता आईपीओ जारी गरेको थियो । प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओमा कुल २१ लाख ५० हजार ६७२ आवेदकबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको छ ।

यसमध्ये २० लाख ५६ हजार २०७ आवेदन सदर भएको र ९४ हजार ४६४ आवेदन बदर भएको छ ।  यसरी कुल सदर आवेदकबाट २ करोड ३६ लाख ५५ हजार ३७० कित्ता सेयरका लागि खरिद आवेदन परेको छ ।

कुल सदर आवेदकमध्ये २ लाख ९४ हजार २७६ जनालाई १० कित्ताका दरले २९ लाख ४२ हजार ७६० कित्ता सेयर बाँडफाँड गरिएको छ । यसरी बाँकी १७ लाख ६१ हजार ९३१ सदर आवेदकको हात भने खाली भएको छ ।

आईपीओको नतिजा मेरो सेयर तथा सिडिएस एण्ड क्लियरिङको वेबसाइटमार्फत हेर्न सकिनेछ ।

 

तपाईको प्रतिक्रिया