घरको सौन्दर्य र स्वास्थ्य दुवैलाई ध्यानमा राख्दै, भेटायोले प्रति सिटर रु ६०० मा प्रोफेशनल सोफा सफाइ सेवा सुरू गरेको छ।

यो सेवा हाल काठमाडौं उपत्यकाभित्र मात्र उपलब्ध हुने र ग्राहकहरूले आफ्नो घरमै बसेर सेवा प्राप्त गर्न सक्ने भेटायोले जनाएको छ ।

दैनिक जीवनमा बारम्बार प्रयोग हुने सोफामा धुलो, दाग, र ब्याक्टेरिया सजिलै जम्ने गर्दछ। लामो समयसम्म सफा नगर्दा सोफाको आकर्षण मात्र होइन, परिवारको स्वास्थ्यमा समेत असर पर्न सक्छ। भेटायोको अनुभवी सफाइ टोलीले इको–फ्रेन्डली र उच्च गुणस्तरका सफाइ सामग्रीहरू प्रयोग गरी सोफालाई नयाँ जस्तै चम्किलो बनाउँछ। धुलो, दाग, गन्ध र जीवाणुहरूलाई प्रभावकारी रूपमा हटाउन विशेष प्रविधि अपनाइन्छ। सेवा सम्पन्न गर्न औसतमा ४० मिनेटदेखि १ घण्टा लाग्ने कम्पनीको भनाई छ ।

सेवा बुक गर्न भेटायोको मोबाइल एप प्रयोग गर्न वा भेटायोको कल सेन्टरमा सम्पर्क गर्न कम्पनीले ग्राहकलाई आग्रह गरेको छ ।

यसैगरी, भेटायो एपमा प्लम्बिङ, इलेक्ट्रिसियन, पेस्ट कन्ट्रोल, हाउस क्लनिङ्,ड्राइभर सेवा लगायत १५ भन्दा बढी सेवाहरू उपलब्ध छन् ।

तपाईको प्रतिक्रिया