गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्ममा लघुवित्तले ३ करोड ९५ लाख ८३ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ८९.९६ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
गत असारसम्ममा लघुवित्तको खुद ब्याज आम्दानी ५९.७४ प्रतिशत बढेर १३ करोड २३ लाख ९९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले ८ करोड २८ लाख ८४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष लघुवित्तले कुल सञ्चालन आम्दानी १५ करोड ८७ लाख ४६ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्ष लघुवित्तले यस्तो आम्दानी ११ करोड १६ लाख ६५ हजार रुपैयाँ गरेको थियो ।
गत वर्ष लघुवित्तले कर्मचारी खर्चमा ६ करोड ६३ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ३ करोड २० लाख रुपैयाँ गरेको छ । अघिल्लो वर्ष कर्मचारी खर्चमा ५ करोड ५७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च २ करोड ३७ लाख रुपैयाँ गरेको थियो ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी ११ करोड ५८ लाख ४९ हजार रुपैयाँ र जगेडा कोष ६ करोड ५७ लाख ८७ हजार रुपैयाँ रहेको छ । गत वर्ष लघुवित्तले १ अर्ब ३० करोड २५ लाख रुपैयाँ सापटी र ४५ करोड ५५ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब ९४ करोड ७८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ३४.१७ रुपैयाँ पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १५६.७९ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ६४.७८ गुणा रहेको छ । गत असारसम्म लघुवित्तको आधार दर १२.६७ प्रतिशत रहेको छ ।

Online Arthik










