तेह्रथुम पावर कम्पनीले गत असार १६ गतेदेखि हाल कायम चुक्तापूँजी ४० करोड रुपैयाँबराबरको शतप्रतिशत अर्थात १ः१ अनुपातमा रु.१०० अंकित दरका ४० लाख कित्ता हकप्रद जारी गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि गत जेठ ५ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । यसर्थ, जेठ ४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीद्वारा जारी गरिने हकप्रद खरिदका लागि योग्य हुनेछन् ।
कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट वैशाख १९ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।
कम्पनीले हकप्रद बिक्रीबाट प्राप्त रकम कम्पनीद्वारा प्रवर्द्धित क्यासकेट परियोजनाको रूपमा रहेको २ मेगावाट क्षमताको खोरुङ्गा ताङ्गमाया खोला जलविद्युत आयोजना निर्माण र अन्य लाभदायक हाइड्रोपावर कम्पनीमा लगानी गर्नुका साथै बैंकको कर्जा तिर्न उपयोग गर्ने जनाएको छ ।

Online Arthik










