माछापुच्छ्रे क्यापिटल कम्पनीको साउन ७ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको नाफाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०÷८१ सम्मको नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् १ करोड ४३ लाख १६ हजार ९७५ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले भदौ ६ गते बालुवाटार काठमाडौंमा छैठौं वार्षिक साधारणसभा दिउँसो साढे १२ बजे बोलाएको छ ।

कम्पनीको सभाले गत आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ असारसम्म नाफा नोक्सान तथा नगद प्रवाह लगायत सम्पूर्ण वित्तीय विवरणहरू पारित गर्नेछ ।

साथै, चालु आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ । यस्तै, संस्थापक समूहका सेयरधनीहरूको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्नेछ ।

 

तपाईको प्रतिक्रिया