विगत एक दशकभन्दा बढी अवधिदेखि प्रिफ्याब इको प्यानल उत्पादन तथा बिक्री वितरणमा संलग्न यस कम्पनीले अन्तर्राष्ट्रिय वर्ग १९ र वर्ग ३५ मा Eco Panel वर्ग ३५ मा Eco Panel र “मेरो घर Gorkha Eco Panel को भर” लगायतका ट्रेडमार्कहरु उद्योग विभाग, काठमाण्डौमा दर्ता गरी अविच्छिन्न रूपमा प्रयोग गर्दै आइरहेकोमा इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रा.लि. एकाधिकारमा रहेका ती ट्रेडमार्कहरूल कम्पनीका उत्पादनको गुणस्तर, व्यावसायिक प्रतिष्ठा र साख तथा उपभोक्ताको विश्वासको सन्देश प्रवाह गर्दै आइरहकोमा पछिल्लो समयमा विभिन्न फर्म तथा कम्पनीहरूले कम्पनीको एकाधिकारमा रहेका ती ट्रेडमार्कहरूको नक्कल गरी आफ्नो टेडमार्क सरह सामाजिक सञ्जालहरूमा प्रचार प्रसार गर्नुका साथै ती ट्रेडमार्कहरू अंकित उत्पादनहरू बिक्री तथा वितरण गरेको कुरा प्रति कम्पनीको गम्भीर ध्यानाकर्षण गरेको छ । त्यस्तो कार्य पेटेण्ट डिजायन र टेडमार्क ऐन, २०२२ अनुसार दण्डनीय अपराध मात्र नभई उपभोक्ता संरक्षण र स्वच्छ प्रतिष्पर्धा सम्बन्धी कानुनको पनि गम्भीर उल्लंघन ठानेको छ उक्त गैरकानुनी तथा अवाञ्छित कार्यमा संलग्न व्यक्ति, फर्म तथा कम्पनीलाई कम्पनीको स्वामित्व तथा प्रयोगमा रहेका उल्लिखित टेडमार्कहरूको नक्कल गरी कुनै उत्पादन, प्रचारप्रसार, बिक्री वा वितरण नगर्न नगराउन हुन सूचित गरेको छ । प्रचलित कानुनको बर्खिलाप कार्य गरे गराएको पाइएमा सम्बन्धित पक्ष विरुद्ध कम्पनिले कानुनी कारवाही अघि बढाउने व्यहोरा समेत जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया