नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ निक्षेप संकलनमार्फत झिक्ने भएको छ। तरलता व्यवस्थापनको अल्पकालीन उपकरण अन्तर्गत २५ दिन अवधिका लागि उक्त रकम संकलन गर्न लागिएको हो।

केन्द्रीय बैंकले नियमित रुपमा आइतबार र बुधबार बजारबाट तरलता व्यवस्थापन गर्दै आएको छ। सोही क्रममा आज दिउँसो ३ बजेदेखि अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल सञ्चालन हुनेछ।

इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि अधिकतम ५ करोड रुपैयाँका गुणनफलमा आवेदन दिन सक्नेछन्। यस निक्षेपको साँवा तथा ब्याज भुक्तानी आगामी भदौ २९ गते हुनेछ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन सक्नेछन्।

तपाईको प्रतिक्रिया