सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र काठमाडौंको मध्य वानेश्वरस्थित किड्स क्लिनिकबीच सेवामा विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
सम्झौता अनुसार, किड्स क्लिनिकका विशेषज्ञ डाक्टरहरूको बहिरङ्ग सेवा (ओपीडी), प्रयोगशाला (ल्याब) सेवा तथा औषधी खरिदमा बैंकका शेयरधनी तथा कर्मचारीले १५ प्रतिशत र डेबिट कार्ड वा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले १० प्रतिशत छुट पाउनेछन्।
उक्त सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड, बालुवाटार शाखाका प्रवन्धक श्री मनोहर महोत्रा र किड्स क्लिनिकका निर्देशक डा. पुष्पराज अवस्थीले हस्ताक्षर गर्नुभएको हो।
आम नागरिकको विश्वास र भरोसाले गर्दा सांग्रिला डेभलपमेन्ट बैंकले हाल देशभर १०९ शाखा कार्यालय र ३० वटा एटीएममार्फत सेवा प्रवाह गर्दै आएको छ।
यसैगरी, किड्स क्लिनिक बाल स्वास्थ्य सम्बन्धी विधागत विशेषज्ञ डाक्टरहरूले सञ्चालन गरिरहेको प्रतिष्ठित स्वास्थ्य संस्था हो।

Online Arthik










