उद्यमी विनय उपाध्यायलाई नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा नियुक्त गरिएको छ। परराष्ट्र मन्त्रालयले बुधबार उनलाई औपचारिक रूपमा नियुक्तिपत्र हस्तान्तरण गरेको हो।

घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा सक्रिय उपाध्याय व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित छन्। उनले नेपालको उद्यमशीलता परिदृश्यलाई सुदृढ बनाउन उल्लेखनीय योगदान पुर्‍याउँदै आएका छन्।

नियुक्तिपश्चात् कृतज्ञता व्यक्त गर्दै उनले भने, “म यो विशेष पहललाई पूर्ण प्रतिबद्धताका साथ लिनेछु र भविष्यमा हाम्रा दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन काम गर्नेछु।”

उनको नियुक्तिले युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी तथा सांस्कृतिक आदानप्रदानका क्षेत्रमा सहकार्यको नयाँ बाटो खोल्ने अपेक्षा गरिएको छ।

तपाईको प्रतिक्रिया