हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड कम्पनीले घोषणा गरेको १२ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ११२४.१० रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको अन्तिम कारोबार मूल्य प्रतिकित्ता १२५८.९९ रुपैयाँ कायम थियो । आइतबारको कारोबारदेखि दोस्रो बजारमा कम्पनीको सेयरमूल्य यही मूल्यका आधारमा कारोबारमा आउनेछ ।
कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनाका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।
यो लाभांश पारित गर्नका लागि कम्पनीले भदौ २५ गते काठमाण्डौको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि १७ औं वार्षिक साधारण सभा आयोजना गर्दैछ । उक्त साधारण सभाले अनुमोदन गरेपश्चात प्रस्तावित लाभांश सेयरधनीहरुलाई वितरण गरिनेछ ।

Online Arthik










