अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा पुनः वृद्धि भएको छ। पछिल्लो कारोबारमा सुन १.१२ प्रतिशत अर्थात् ४० अमेरिकी डलरले बढेर प्रतिऔंस ३,६८५ डलरमा पुगेको छ।

यो वृद्धिसँगै सुनको मूल्य लगातार पाँच सातासम्म उकालो लागेको छ। गत बुधबार अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) ले २५ बेसिक प्वइन्टले ब्याजदर कटौती गर्ने निर्णय गरेपछि सुनको मूल्य हालसम्मकै उच्च स्तर प्रतिऔंस ३,७०७ डलरसम्म पुगेको थियो। यद्यपि त्यहाँबाट केही गिरावट देखिए पनि बजार अझै बलियो रहेको विश्लेषकहरूको भनाइ छ।

विशेषज्ञहरूको मूल्याङ्कन अनुसार सुन अझै बुलिस ट्रेण्डमै छ र यो वर्षको अन्त्यसम्म प्रतिऔंस ४,००० डलरसम्म पुग्न सक्ने सम्भावना छ। कम ब्याजदरको अवस्थाले प्रतिफल नदिने सुन जस्ता सम्पत्तिको अवसर लागत (opportunity cost) घटाउँछ, जसले गर्दा मूल्य निरन्तर बढ्ने गर्छ।

चालु वर्षमै सुनको मूल्य करिब ४० प्रतिशतले वृद्धि भइसकेको छ, जसले यसलाई लगानीकर्ताहरूका लागि अझ आकर्षक बनाएको छ।

तपाईको प्रतिक्रिया