नेपाल ल्युब आयल  कम्पनीले घोषणा गरेको २० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।

समायोजन प्रश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २४४.३३ रुपैयाँ कायम भएको छ ।

नेप्सेमा समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २९३.२० रुपैयाँ कायम थियो । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ७ लाख ६६ हजार ९८२ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

लाभांश पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुरको पुल्चोकमा रहेको द प्लाजामा बिहान साढे ११ बजेदेखि वार्षिक साधारण सभा आयोजना गर्दैछ ।

तपाईको प्रतिक्रिया