दशैं अगाडि बन्द भएको सेयर बजार सोमबार पनि नखुल्ने भएको छ। नेप्से स्रोतका अनुसार बजारका सबै सरोकारवाला निकायहरू कारोबारका लागि पूर्ण रूपमा तयार नभएकाले आज सेयर कारोबार नहुने भएको हो। सेयर कारोबार सञ्चालनका लागि नेपाल धितोपत्र बोर्ड, नेप्से, सीडीएस एन्ड क्लियरिङ लिमिटेड (CDSC) तथा ब्रोकर्सहरू सबै तयार हुनुपर्नेमा ती मध्ये केही निकाय अझै तयारी अवस्थामा नरहेकाले कारोबार स्थगित गरिएको बताइएको छ। स्रोतका अनुसार भने मंगलबारबाट नियमित सेयर कारोबार सञ्चालन हुने छ। पछिल्ला दिनमा लगानीकर्ताहरूबीच बजार खुल्ने वा नखुल्ने विषयमा अन्योलता रहे पनि नेप्सेस्थित उच्च स्रोतले आज कारोबार नहुने पुष्टि गरेको छ।

Online Arthik









