अविरल वर्षाका कारण अवरुद्ध भएका हेटौँडा–काठमाडौँ जोड्ने दुई सडक सोमबार बिहानदेखि सञ्चालनमा आएका छन्। सडकमा खसेका पहिरो पन्छ्याएपछि हेटौँडा–कुलेखानी–फाखेल–फर्पिङ सडक खण्ड र हेटौँडा–पालुङ–नौबिसे सडक खण्ड सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुर सापकोटाले जानकारी दिए।

तर, भीमफेदी–कुलेखानी–सिस्नेरी सडक र कान्ति लोकपथ सडक भने अझै सञ्चालनमा आउन सकेका छैनन्। भीमफेदी–कुलेखानी–सिस्नेरी सडकखण्डमा पर्ने डोढारे खोलाले सडकको केही भाग बगाएको र दक्षिणकाली मन्दिर नजिकै पहिरो गएकाले यातायात अवरुद्ध रहेको प्रहरीले जनाएको छ।

सडक पुनर्निर्माण तथा पहिरो पन्छ्याउने कार्य भइरहेको छ भने कान्ति लोकपथको बगुवा खोलासम्म खसेको पहिरो र सडक बगेको भाग मर्मत गर्ने काम तीव्र गतिमा भइरहेको प्रहरी निरीक्षक सापकोटाले बताए।

तपाईको प्रतिक्रिया