आज सेयर बजारमा कारोबार सुरु भएको तीन मिनेटमै ४ प्रतिशतले वृद्धि भएसँगै पोजिटिभ सर्किट ब्रेक लागेको छ। सर्किट ब्रेक लागेपछि २० मिनेटका लागि कारोबार स्थगित भएको हो।

अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा रहेको २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा तीव्र वृद्धि देखिएको हो।

११:०३ बजेसम्म नेप्से परिसूचक १०२ अंकले बढेर २६६२ अंकमा पुगेको छ। सो समयमा २७ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार सम्पन्न भएको छ।

२१३ कम्पनीको मूल्य बढेको छ भने ३ कम्पनी घटेका र ३ कम्पनी स्थिर रहेका छन्। लगानी तथा व्यापार समूह ५ प्रतिशतले, बैंकिङ र विकास बैंक समूह ४ प्रतिशतले बढेका छन्। अन्य सबै समूह पनि हरियो देखिएका छन्।

धेरै कारोबार हुने कम्पनीमा शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, नारायणी डेभलपमेन्ट बैंक, हिमालयन डिस्टिलरी र नेपाल पुनर्बीमा रहेका छन्।

हाथवे इन्भेस्टमेन्ट, शिवश्री हाइड्रोपावर र राप्ती हाइड्रोको मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ।

तपाईको प्रतिक्रिया