हालै सम्पन्न सार्वजनिक निष्कासनमा जम्मा १८ लाख ९५ हजार ९६६ आवेदन परेकोमा, तीमध्ये १८ लाख ६९ हजार ३३० आवेदन सदर र २६ हजार ६३६ आवेदन बदर भएका छन्। सदर आवेदनमार्फत जम्मा २ करोड २ लाख ५० हजार ५१० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो।

सेयर बाँडफाँडको नतिजा अनुसार, २ लाख ५१ हजार ४९ जनालाई १० कित्ताका दरले जम्मा २५ लाख १० हजार ४९० कित्ता सेयर वितरण गरिएको छ। बाँकी ३ जनालाई थप एक/एक कित्ता गरी ३ कित्ता अतिरिक्त सेयर बाँडफाँड गरिएको छ।

आईपीओको नतिजा ‘मेरो सेयर’ पोर्टल तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेड को आधिकारिक वेबसाइटमार्फत हेर्न सकिनेछ।

यो बाँडफाँड प्रक्रियाले निष्पक्ष लटरी प्रणालीमार्फत सामान्य लगानीकर्तालाई प्राथमिकता दिएको जनाइएको छ।

तपाईको प्रतिक्रिया