लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको छ। कात्तिक ३० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि सेयरधनीहरूलाई कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। यसमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) समावेश गरिएको बैंकले जनाएको छ।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीहरूलाई वितरण गरिनेछ।

Online Arthik









