नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले मंसिर ११ गतेदेखि अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। गत असोज २ गतेदेखि कात्तिक ९ गतेसम्म बिक्रीका लागि आवेदन आह्वान गरे पनि आवेदन नपरेका संस्थापक समूहका ६ लाख ३ हजार १६२ कित्ता र सर्वसाधारण समूहका १८ हजार ४४४ कित्ता गरी कुल ६ लाख २१ हजार ६०६ कित्ता सेयर लिलामीमा राखिनेछ। धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेडका अनुसार इच्छुक व्यक्ति, कम्पनी वा संस्थाले नक्सालस्थित क्यापिटलको कार्यालय तथा ग्लोबल आईएमई बैंकका विराटनगर, वीरगन्ज, हेटौँडा, नारायणगढ, पोखरा, बुटवल, सुर्खेत र धनगढी शाखामार्फत बोलपत्र बुझाउन सक्नेछन्। लिलामी सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ भने बोलपत्र आवेदन पेस गर्ने अन्तिम मिति मंसिर २५ गते निर्धारण गरिएको छ।

तपाईको प्रतिक्रिया