सगरमाथा जलविद्युत कम्पनी लिमिटेडले आफ्नो पाँचौं वार्षिक साधारण सभा यही मंसिर २६ गते आयोजना गर्ने भएको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौँको शंखपार्कस्थित स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीले हाल कायम चुक्तापूँजीको १:१ अनुपातमा जारी गर्ने निर्णय भई सेबोनमा दर्ता भएर निष्कासन प्रक्रियामा रहेको हकप्रद सेयर निर्गमनलाई निरन्तरता दिने प्रस्ताव पेस गर्नेछ। साथै कम्पनीको अधिकृत, जारी तथा चुक्तापूँजी वृद्धि, प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न नियमनकारी निकायले निर्देशन दिएमा सोही अनुरूप संशोधन गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने, तथा लगानी सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने एजेन्डाहरू प्रस्तुति गरिनेछन्।

सभामा सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय कागजातहरू छलफल गरी पारित गरिनेछ। साथै चालु वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन पारित गर्ने तथा सञ्चालक समितिबाट भएका निर्णयहरू अनुमोदन गर्ने एजेन्डा पनि रहनेछन्।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यस अनुसार मंसिर १३ गतेसम्म नेप्सेमा कारोबार भई नामसारी भइसकेका सेयरधनी मात्र सभामा सहभागी हुन योग्य हुनेछन्।

तपाईको प्रतिक्रिया