सिद्धार्थ केवलकार लिमिटेडले आईपीओ निष्कासनसम्बन्धी विशेष प्रस्ताव पारित गर्ने उद्देश्यले पुस २७ गते साधारण सभा डाकेको छ। कात्तिक ७ गते बसेको सञ्चालक समितिको निर्णयअनुसार सभा काठमाडौंको तीनकुनेस्थित सिद्धार्थ कटेजमा दिउँसो २:४५ बजे सुरु हुनेछ। सभामा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, आईपीओपछि प्राप्त हुने सेयरपूँजीको उपयोग गर्ने तथा नियमनकारी निकायबाट आउने सम्भावित संशोधन–निर्देशनहरू कार्यान्वयन गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्तावहरू पारित गरिनेछ। साथै, कम्पनीका सहायक कम्पनीहरू हिलसाइड भिलेज रिसोर्ट, ऋषि कालदेवल पर्यटन कम्पनी र नुवाकोटगढी पर्यटन कम्पनीको वित्तीय विवरण सहितको एकीकृत वित्तीय प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ।

तपाईको प्रतिक्रिया