कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पनीले चालू आर्थिक वर्ष २०८१/८२ को नाफाबाट आफ्नो सेयरधनीलाई १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर २५ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले चुक्ता पुँजी १३ करोड ४० लाख रुपैयाँको आधारमा १ करोड ३४ लाख ५ हजार रुपैयाँ बराबरको बोनस सेयर दिने निर्णय गरेको कम्पनीका अध्यक्ष सरोज काजी श्रेष्ठले जानकारी दिए। यो लाभांश प्रस्ताव कम्पनीको आगामी १४औँ वार्षिक साधारण सभाले पारित गरेपछि मात्र सेयरधनीले प्राप्त गर्नेछन्। यसअघि आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद गरी कुल १०.५२ प्रतिशत लाभांश वितरण गरेको थियो।

तपाईको प्रतिक्रिया