नेपाली बजारमा आइतबार सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । एकैदिन सुनको मूल्य तोलामा २ हजार २०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला सुनको मूल्य २ लाख ५८ हजार ८०० रुपैयाँ कायम भएको छ । यस्तै, एक तोला चाँदीको मूल्य ३ हजार ८२५ रुपैयाँ निर्धारण गरिएको छ ।यसअघि शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँ थियो भने चाँदी ३ हजार ९०५ रुपैयाँमा कारोबार भएको थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार २९९ अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, एक औँस चाँदीको मूल्य ६२ अमेरिकी डलर रहेको छ ।

तपाईको प्रतिक्रिया