रिलायन्स स्पिनिङ मिल्सको शेयर बुक बिल्डिङ्ग प्रक्रियामार्फत गरिएको निष्कासनसँग सम्बन्धित काम–कारबाहीबारे निष्पक्ष छानबिन गर्न एक समिति गठन गरिएको छ । बोर्डको मिति २०८२/०९/०४ गतेको निर्णयअनुसार १५ दिनभित्र छानबिन प्रतिवेदन पेश गर्ने गरी बोर्ड सदस्य श्री बिनोद कुमार भट्टराईको संयोजकत्वमा समिति गठन गरिएको हो ।
समितिमा बोर्ड सदस्यहरू श्री आनन्द राज शर्मा वाग्ले र श्री पिताम्बर भण्डारी सदस्य रहेका छन् । समितिले आवश्यक ठानेमा अन्य व्यक्तिहरूलाई समेत आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको छ ।उक्त समितिले रिलायन्स स्पिनिङ मिल्सको शेयर निष्कासन प्रक्रिया सम्बन्धी सम्पूर्ण पक्षको अध्ययन गरी निष्पक्ष छानबिन गर्ने र तोकिएको समयसीमाभित्र प्रतिवेदन पेश गर्नेछ ।

Online Arthik










