सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। कम्पनीका अनुसार करसहित कुल ६५ करोड १५ लाख रुपैयाँ बराबरको नगद लाभांश घोषणा गरिएको छ, जसअनुसार हाल कम्पनीको चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँ रहेको छ। प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि सेयरधनीलाई वितरण गरिनेछ। हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता करिब ४६८ रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ।

तपाईको प्रतिक्रिया