स्थानीय बजारमा सुनको भाउ ऐतिहासिक उचाइमा पुगेको छ । सोमबारको कारोबारमा सुनको मूल्य उल्लेख्य रूपमा बढ्दै नयाँ कीर्तिमान कायम भएको हो । आज सुनको भाउ अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ३ हजार ४ सय रुपैयाँले वृद्धि भएको छ ।
मूल्यवृद्धिसँगै आज सुन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि गत मंसिर २९ गते सुनको भाउ हालसम्मकै उच्च रहँदै प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको थियो । आजको मूल्यले उक्त रेकर्डसमेत तोडेको छ ।
यस्तै, चाँदीको भाउ पनि सोमबार ऐतिहासिक उच्च विन्दुमा पुगेको छ । आज चाँदी प्रतितोला १३० रुपैयाँले बढ्दै ४ हजार २३५ रुपैयाँ कायम भएको छ, जुन हालसम्मकै उच्च मूल्य हो ।

Online Arthik










