अघिल्लो दिन रेकर्ड कायम गरेको सुनको भाउले आज पनि नयाँ उचाइ हासिल गरेको छ। आजको कारोबारमा सुनको मूल्य प्रतितोला ५ हजार ५ सय रुपैयाँले बढ्दै २ लाख ६७ हजार २ सय रुपैयाँ पुगेको छ। यसअघि अघिल्लो दिन पनि सुनको भाउ हालसम्मकै उच्च कायम भएको थियो, जस दिन प्रतितोला २ लाख ६१ हजार ७ सय रुपैयाँ पुगेको थियो।

यस्तै, आज चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ। चाँदीको मूल्य आज २० रुपैयाँले बढ्दै प्रतितोला ४ हजार २५५ रुपैयाँ पुगेको छ। यो मूल्य हालसम्मकै उच्च हो।

तपाईको प्रतिक्रिया