उद्योग वाणिज्य संघ चितवनको ५९औँ साधारण सभा तथा अधिवेशनबाट चिरञ्जिवि सुवेदी अध्यक्ष पदमा निर्वाचित भएका छन्। अध्यक्ष पदका प्रत्यासी शिरिष पन्तलाई २९९ मतको अन्तरले पराजित गर्दै सुवेदी विजयी भएका हुन्।

मत परिणामअनुसार सुवेदीले १ हजार ४८४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शिरिष पन्तले १ हजार १८५ मत ल्याएका थिए।वरिष्ठ उपाध्यक्षमा सुवेदी प्यानलका राजेन्द्र ओली निर्वाचित भएका छन्। त्यसैगरी उपाध्यक्षहरूमा नारायण प्रधान र राजन पियाले जित हासिल गरेका छन् भने अर्का उपाध्यक्षमा पन्त प्यानलका जनक पौडेल विजयी भएका छन्।संघका अन्य कार्यसमिति सदस्य पदहरूमा समेत अधिकांश सुवेदी प्यानलकै उम्मेदवारहरू विजयी भएका छन्। सोमबार सम्पन्न मतदानमा कुल २ हजार ७ सय १९ मत खसेको थियो भने कुल मतदाता संख्या ३ हजार ३ सय ७१ रहेको थियो।

उद्योग वाणिज्य संघ चितवनको अधिवेशन प्रत्येक दुई/दुई वर्षमा हुँदै आएको छ।

तपाईको प्रतिक्रिया