नेपाल बैंक लिमिटेडले सिस्टम अपग्रेडेसनका कारण आफ्ना सम्पूर्ण बैंकिङ सेवा केही समयका लागि बन्द हुने जनाएको छ । बैंकले जारी गरेको सूचनाअनुसार शुक्रबारदेखि शनिबारसम्म सिस्टम अपग्रेडेसनको कार्य गरिनेछ ।

बैंकका अनुसार शुक्रबार राति ११ बजेदेखि सिस्टम अपग्रेडेसनको काम सुरु भई शनिबार बिहान ९:४५ बजे सम्पन्न हुनेछ । उक्त अवधिमा नेपाल बैंकका सबै प्रकारका बैंकिङ सेवाहरू उपलब्ध हुने छैनन् ।सिस्टम अपग्रेडेसनका क्रममा ग्राहकहरूलाई पर्न सक्ने असुविधाप्रति बैंकले क्षमा याचना गर्दै आवश्यक बैंकिङ कारोबार समयमै व्यवस्थापन गर्न आग्रह गरेको छ । नेपाल बैंकले सेवा गुणस्तर अभिवृद्धि गर्नुका साथै सुरक्षित र प्रभावकारी बैंकिङ प्रणाली सञ्चालन गर्न समय–समयमा प्रणाली स्तरोन्नति गर्दै आएको जनाएको छ ।

तपाईको प्रतिक्रिया