नेपाल लाइफ म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने योजनाको इकाई बिक्री आवेदन अवधि थप गरिएको छ। नेपाल लाइफ इन्स्योरेन्स कोष प्रवद्र्धक तथा नेपाल लाइफ क्यापिटल योजना व्यवस्थापक रहेको यस योजनाको १६ करोड इकाई बिक्रीका लागि माघ ४ गतेदेखि आवेदन खुला गरिएको थियो।

छिटोमा माघ ८ गते इकाई बिक्री बन्द गर्ने तय भए पनि मागअनुसार आवेदन नपरेकाले आवेदन दिने म्याद माघ १८ गतेसम्मका लागि थप गरिएको कम्पनीले जनाएको छ। तोकिएको अवधिभित्र मागभन्दा बढी आवेदन प्राप्त भएमा माघ १८ गते अगावै कुनै पनि दिन सूचना जारी गरी बिक्री बन्द गरिनेछ।

योजनाको कुल निष्कासनमध्ये बीज पूँजीबापत २ करोड २४ लाख इकाई कोष प्रवद्र्धक नेपाल लाइफ इन्स्योरेन्सलाई र १६ लाख इकाई योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटललाई सुरक्षित राखिएको छ। बाँकी १३ करोड ६० लाख इकाई सर्वसाधारण लगानीकर्ताका लागि निष्कासन गरिएको हो।

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन दिन सक्नेछन्। आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरूमार्फत दिन सकिनेछ।

तपाईको प्रतिक्रिया