स्थानीय बजारमा आइतबार पनि सुनचाँदीको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । शुक्रबारको तुलनामा आज प्रतितोला सुन २ हजार ४०० रुपैयाँ र चाँदी २ सय ९० रुपैयाँले बढेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ३ हजार ८०० रुपैयाँ पुगेको छ भने चाँदीको मूल्य प्रतितोला ६ हजार ४८० रुपैयाँ कायम भएको छ ।

यसअघि गत शुक्रबार एक तोला छापावाल सुन ३ लाख १ हजार ४०० रुपैयाँ र चाँदी ६ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आइतबार अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ९८७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । त्यस्तै, सेतो धातु (चाँदी) प्रतिऔँस १०३ अमेरिकी डलरमा किनबेच भइरहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया