सुपरमाई हाईड्रोपावर कम्पनी लिमिटेडले सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको छ। कम्पनीको माघ २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को खुद मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।

बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीहरुलाई २० प्रतिशत बोनस सेयर प्रदान गर्ने तथा कर प्रयोजनका लागि ५९ लाख २७ हजार ९७७ रुपैयाँ ८४ पैसा नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। साथै, कम्पनीले सेयरधनीहरुको लगानी अवसर विस्तार गर्ने उद्देश्यले शतप्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय समेत गरेको छ। कम्पनीद्वारा प्रस्तावित उक्त लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएपछि र आर्थिक वर्ष २०८१/८२ का लागि आयोजना हुने कम्पनीको ११ औं वार्षिक साधारण सभाबाट अनुमोदन प्राप्त भएपछि मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ।

हाल सुपरमाई हाईड्रोपावर कम्पनीको चुक्तापूँजी ५३ करोड ५० लाख रुपैयाँ रहेको छ। कम्पनीले आगामी दिनमा पूँजी विस्तार तथा आयोजनाको दीगो सञ्चालनमा केन्द्रित हुँदै सेयरधनीहरुको प्रतिफल अभिवृद्धि गर्ने लक्ष्य लिएको जनाएको छ।

तपाईको प्रतिक्रिया