बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको लक इन अवधि आगामी फागुन महिनामा समाप्त हुन लागेको छ। कम्पनीको सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको २ लाख ६४ हजार ७०० कित्ता सेयरको लक इन अवधि फागुन २९ गते सकिने बताइएको छ।
कम्पनीले सामूहिक लगानी कोषका लागि सुरक्षित गरेको सेयर सर्वसाधारणमा बाँडफाँड भएको मितिले ६ महिनासम्म लक इनमा राखिएको थियो। कम्पनीले उक्त आईपीओ भदौ ११ देखि भदौ १५ सम्म सर्वसाधारणका लागि जारी गरेको थियो भने बाँडफाँड भदौ ३० गते सम्पन्न भएको थियो।

Online Arthik









