भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासमा ३ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १२०.१६ प्रतिशतले बढी हो। अघिल्लो आवमा कम्पनीले १ करोड ४१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
नाफासँगै कम्पनीको कुल आम्दानी पनि वृद्धि भएको छ। चालु त्रैमाससम्म कम्पनीको कुल आम्दानी ८ करोड १५ लाख रुपैयाँ पुगेको छ, जुन अघिल्लो आवको तुलनामा ४७.०८ प्रतिशतले वृद्धि हो। अघिल्लो आवको सोही अवधिमा कुल आम्दानी ५ करोड ५४ लाख रुपैयाँ रहेको थियो।कम्पनीको कुल सञ्चालन खर्च २ करोड ६३ लाख रुपैयाँ र गैरसञ्चालन खर्च २ करोड ४ लाख रुपैयाँ रहेको छ। कम्पनीको वित्तीय स्थिति पनि मजबुत रहेको छ। चुक्तापूँजी ६७ करोड ८२ लाख रुपैयाँ, रिजर्भ ६ करोड ४ लाख रुपैयाँ, प्रतिसेयर आम्दानी (EPS) ९.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०८.९१ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १४२.०८ रुपैयाँ, तरलता अनुपात १५.६९%, र मूल्य–आम्दानी अनुपात ८४.२९ गुणा कायम भएको छ।
कम्पनीले आगामी समयमा पनि आर्थिक वृद्धि र लगानीकर्तालाई लाभ पुर्याउने लक्ष्य राखेको जनाएको छ।

Online Arthik









