सिम्रिक एयर लिमिटेडले सर्वसाधारणका लागि प्रिमियम मूल्यमा प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ। कम्पनीले आईपीओ निष्कासनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता गर्ने तथा उक्त प्रस्ताव पारित गर्न फागुन २८ गते वार्षिक साधारण सभा आह्वान गरेको जनाएको छ।
कम्पनीको वार्षिक साधारण सभा साँझ ५ बजे काठमाडौँस्थित रजिस्टर्ड कार्यालयमा बस्नेछ। सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन पारित गर्नेछ। साथै, सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गर्ने कार्यसूचीमा समावेश गरिएको छ। यसका अतिरिक्त, सभाले चालु आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, कम्पनीको नियमावली संशोधनलगायतका प्रस्तावहरू पनि पारित गर्ने कम्पनीले जनाएको छ।

Online Arthik









