युनाइटेड अजोड इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ। कम्पनीले १००ः१० अनुपातमा हकप्रद जारी गर्ने निर्णयअनुसार यही फागुन १७ गते एक दिनका लागि बुक क्लोज गर्ने जनाएको छ।
यसअनुसार फागुन १६ गतेसम्म Nepal Stock Exchange (नेप्से) मा कारोबार भई कायम रहेका सेयरधनीहरू मात्र कम्पनीले जारी गर्ने हकप्रद सेयरका लागि योग्य हुनेछन्।
कम्पनीले २३ करोड १० लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २३ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ। हकप्रद निष्कासनका लागि Securities Board of Nepal ले माघ २७ गते अनुमति प्रदान गरिसकेको छ।
उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी Laxmi Sunrise Capital Limited लाई दिइएको कम्पनीले जनाएको छ।

Online Arthik









