आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। गत शुक्रबारको तुलनामा सुन तोलामा ५ हजार ६०० रुपैयाँ र चाँदी प्रतितोला २ सय ४५ रुपैयाँले वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख २० हजार ५०० रुपैयाँ कायम भएको छ, जबकि गत शुक्रबार यही सुन प्रतितोला ३ लाख १४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, चाँदीको मूल्य आइतबार प्रतितोला ५ हजार ९८५ रुपैयाँ पुगेको छ, जुन अघिल्लो शुक्रबार ५ हजार ७४० रुपैयाँ रहेको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार अन्तरराष्ट्रिय बजारमा आइतबार एक औँस सुन ५ हजार २७८ अमेरिकी डलर तथा सोही परिमाणको चाँदी ९४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Online Arthik










