एनआईसी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत काठमाडौंको तिलगंगास्थित शान्ति सेवा गृहमा रहेका १५० भन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।

विद्यार्थीहरूको शैक्षिक गुणस्तर अभिवृद्धि तथा पठनपाठनमा सहयोग गर्ने उद्देश्यले बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य र नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले झोला तथा अन्य शैक्षिक सामग्री उक्त संस्थाकी प्रबन्ध निर्देशक अप्सरा कार्कीलाई फागुन २८ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरेका हुन्।

बैंकले यस वर्ष सातै प्रदेशका विभिन्न सरकारी तथा सामुदायिक विद्यालयहरूमा कक्षा ६ देखि १० सम्म अध्ययनरत गरिब, जेहेन्दार, विपन्न, पिछडिएका वर्ग तथा शारीरिक रूपमा विशेष क्षमता भएका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको जनाएको छ।यसअघि पनि बैंकले सरकारी तथा सामुदायिक विद्यालयका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउनुका साथै सातै प्रदेशका विभिन्न विद्यालयमा पुस्तकालय भवन निर्माण गरी पुस्तकालय स्थापना गर्दै आएको छ। बैंकका अनुसार शान्ति सेवा गृहका विद्यार्थीलाई प्रदान गरिएको शैक्षिक सामग्रीले उनीहरूको अध्ययनलाई निरन्तरता दिन र शैक्षिक गुणस्तर अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ।

तपाईको प्रतिक्रिया