सोपान फर्मास्युटिकल्स लिमिटेड ले वैशाख ३ गतेदेखि सर्वसाधारणका लागि आफ्नो आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले जारी पुँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशत बराबर ४२ लाख ४९ हजार कित्ता सेयर प्रति कित्ता १०० रुपैयाँका दरले जारी गरेको हो। यसअघि पहिलो चरणमा १० प्रतिशत वैदेशिक रोजगारीमा रहेका नेपाली, ४ प्रतिशत कर्मचारी र ५ प्रतिशत सामूहिक लगानी कोषलाई सेयर बाँडफाँड गरिसकिएको छ। अब दोस्रो चरणमा ३४ लाख ७४ हजार ९ सय कित्ता सेयर सर्वसाधारणका लागि खुला गरिएको छ। लगानीकर्ताहरूले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् भने आवेदन दिने अन्तिम मिति छिटोमा वैशाख ८ र ढिलोमा वैशाख १७ गतेसम्म तोकिएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एन एम बि क्यापिटल लिमिटेड रहेको छ र लगानीकर्ताहरूले सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था वा मेरो सेयर एप मार्फत आवेदन दिन सक्नेछन्।

Online Arthik










