सिटी होटल लिमिटेड को करिब पौने ३ करोड कित्ता सेयरको लक–इन अवधि जेठ ५ गते समाप्त हुने भएको छ। कम्पनीका संस्थापक र कर्मचारी सेयरधनीहरूको नाममा रहेको कुल २ करोड ७२ लाख ३९ हजार ३२८ कित्ता सेयरमध्ये २ करोड ७१ लाख १८ हजार ८ सय कित्ता संस्थापक तथा १ लाख २० हजार ५२८ कित्ता कर्मचारीको स्वामित्वमा रहेको छ। नेपाल धितोपत्र बोर्डको निर्देशनअनुसार राखिएको लक–इन अवधि सकिएपछि यी सेयरहरू दोस्रो बजारमा कारोबारका लागि खुला हुनेछन्, जसका कारण बजारमा आपूर्ति बढ्न सक्ने लगानीकर्ताहरूको अनुमान छ। तर कम्पनीका सञ्चालक तथा उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा भने प्रचलित नियमअनुसार सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ। कम्पनीको शेयर रजिस्ट्रारका रूपमा ग्लोबल आइं एम.इ क्यापिटल लिमिटेड  रहेको छ।

तपाईको प्रतिक्रिया