नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेड ले बुक बिल्डिङ्ग विधिमार्फत आईपीओ निष्कासन गर्ने तयारीअन्तर्गत योग्य संस्थागत लगानीकर्तासँग छलफल गर्न रोड शो आयोजना गर्ने भएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्ड द्वारा जारी बुक बिल्डिङ्ग निर्देशिका, २०७७ अनुसार प्रारम्भिक विवरणपत्र प्रस्तुत गर्दै लगानीकर्ताबाट आशय मूल्य, न्यूनतम खरिद संख्या तथा मूल्याङ्कनसम्बन्धी सुझाव संकलन गर्ने उद्देश्य राखेको जनाएको छ। निर्धारित कार्यक्रमअनुसार उक्त रोड शो वैशाख ११ गते शुक्रबार दिउँसो ३ बजे काठमाडौँको नागपोखरीस्थितकाठमाडौं म्यारियट होटलमा सञ्चालन हुनेछ। कार्यक्रममा बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रूपमा स्वीकृति प्राप्त संस्थाहरूलाई सहभागी हुन अनुरोध गरिएको छ। साथै, आवश्यक प्रारम्भिक विवरणपत्र, तीन वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण लगायतका कागजातहरू कम्पनीको आधिकारिक वेबसाइट तथा बिक्री प्रबन्धकलक्ष्मी सनराइज क्यापिटल लिमिटेडको वेबसाइटमार्फत प्राप्त गर्न सकिने जनाइएको छ।

तपाईको प्रतिक्रिया