कुमारी बैंक लिमिटेड ले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको ७ हजार ८८३ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको छ। उक्त सेयर खरिदका लागि हालका विद्यमान संस्थापक सेयरधनीहरूले मात्र आवेदन दिन पाउने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक लगानीकर्ताहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ। सेयरको मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ। तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरूबाट आवेदन नपरेमा उक्त सेयर अन्य सर्वसाधारण वा बाह्य लगानीकर्तालाई बिक्री गर्ने प्रक्रिया अघि बढाइने बैंकले जनाएको छ।

Online Arthik










