नेपाली बजारमा बिहीबार पनि सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले वृद्धि भई ३ लाख २ हजार ८०० रुपैयाँ पुगेको छ। यस्तै, चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार सुनको मूल्य प्रतितोला ६ हजार रुपैयाँले बढेको थियो भने चाँदीको भाउ ३२० रुपैयाँले वृद्धि भएको थियो। हिजो सुनको मूल्य ३ लाख २ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य ५ हजार २२० रुपैयाँ रहेको थियो। उल्लेखनीय रूपमा, गत माघ १५ गते सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढ्दै ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो।

तपाईको प्रतिक्रिया