होटल गरिमा लिमिटेड ले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीले उक्त प्रस्ताव पारित गर्न प्रथम वार्षिक साधारण सभा आह्वान गरेको छ, जुन वैशाख २९ गते सुनसरीस्थित कम्पनीको कार्यालयमा बिहान ११ बजेदेखि सञ्चालन हुनेछ। सञ्चालक समितिको बैठकले सर्वसाधारणको सेयरमा पहुँच विस्तार गर्ने उद्देश्यले नेपाल धितोपत्र बोर्ड मा आवेदन दिई आवश्यक कानुनी प्रक्रिया पूरा गरेर आईपीओ निष्कासन गर्ने प्रस्ताव सभामा पेश गर्ने निर्णय गरेको हो। साथै, उक्त सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरू समेत पारित गर्नेछ।

Online Arthik









