म्याग्दी हाईड्रोपावर कम्पनी लिमिटेड ले आईपीओ निष्कासनसम्बन्धी प्रस्ताव संशोधन गर्ने भएको छ। कम्पनीले विशेष साधारण सभामार्फत आईपीओ निष्कासनको प्रस्ताव परिमार्जन गर्न लागेको हो।
जेठ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जेठ २९ गते बिहान ११ बजेदेखि बुटवलस्थित महाराजा रिसोर्ट मा विशेष साधारण सभा आयोजना गर्ने निर्णय गरेको हो।
उक्त सभाबाट आईपीओ निष्कासनको प्रस्ताव संशोधन गरी प्रक्रिया अघि बढाउने, आईपीओबाट प्राप्त रकमको उपयोगसम्बन्धी निर्णय गर्ने, कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्ने प्रस्तावहरू पारित गरिने जनाइएको छ।

Online Arthik










