राष्ट्रिय स्वतन्त्र पार्टी (राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)) का सभापति रवि लामिछाने आज (सोमबार) भारत भ्रमणमा जाने भएका छन्। भारतीय जनता पार्टी (भारतीय जनता पार्टी (भाजपा)) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा लामिछाने जेठ १८ देखि २२ गतेसम्म भारत भ्रमण गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।
भ्रमणका क्रममा लामिछानेले भारतको नयाँ दिल्लीमा उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक भेटवार्ता गर्नेछन्। उनले भाजपा नेतृत्वसँग भेटघाट तथा छलफल गर्नुका साथै भारतमा रहेका नेपाली समुदाय र पार्टीका शुभेच्छुकहरूसँग पनि भेट्ने कार्यक्रम रहेको छ। साथै, अयोध्या भ्रमणसमेत तय गरिएको छ।
लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधिसभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक बोहोरा, निकिता पौडेल र प्रदीप आचार्य पनि भ्रमण टोलीमा सहभागी हुनेछन्। नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भ्रमणका उच्चस्तरीय भेटवार्ताका लागि आवश्यक समन्वय गरिरहेको रास्वपाले जनाएको छ। पार्टीले यस भ्रमणले नेपाल–भारत सम्बन्ध तथा दुई देशका राजनीतिक दलबीचको संवादलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा व्यक्त गरेको छ।

Online Arthik










