युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३२औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ। काठमाडौँको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा सभा सफलतापूर्वक सम्पन्न भएको हो।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरिएको छ। त्यसैगरी लेखापरीक्षण प्रतिवेदनसहित २०८२ असार मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब, नगद प्रवाह विवरण र सम्बद्ध अनुसूचीहरू पनि सभाले स्वीकृत गरेको छ।सभाले सञ्चालक समितिबाट पेश भएका सबै साधारण तथा विशेष प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८१/८२ सम्मको वितरणयोग्य मुनाफाबाट सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो।हाल कायम रहेको २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पुँजीको ४ दशमलव २८ प्रतिशतका दरले हुन आउने ९ करोड ९० लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गरिनेछ। यसका साथै बोनस सेयरमा लाग्ने कर प्रयोजनका लागि शून्य दशमलव २२ प्रतिशतका दरले हुन आउने ५२ लाख १० हजार ५ सय २६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत भएको छ। सम्बद्ध नियामक निकायहरूको स्वीकृतिपछि बोनस शेयर जारी गरिनेछ। बोनस सेयर जारी भएपछि कम्पनीको जारी तथा चुक्ता पुँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ। २०८३ जेठ मसान्तसम्ममा कम्पनीले आफ्ना शाखा, उपशाखा, तेस्रो पक्ष बीमा काउन्टर र प्रादेशिक कार्यालयहरूको आवश्यक समायोजन गरिसकेको छ। हाल कम्पनीले प्रधान कार्यालय र प्रादेशिक कार्यालयसहित १ सय ४ वटा शाखा, उपशाखा तथा तेस्रो पक्ष बीमा काउन्टरहरूबाट सेवा प्रदान गर्दै आएको छ।

आगामी आर्थिक वर्ष २०८३/८४ मा सेयरधनीहरूलाई अपेक्षित प्रतिफल प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाइएको छ।

 

 

तपाईको प्रतिक्रिया