स्थानीय बजारमा बिहीबार सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव देखिएको छ। बुधबारको तुलनामा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य प्रतितोला ९० रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ८५ हजार २०० रुपैयाँ कायम भएको छ। त्यस्तै, चाँदीको मूल्य प्रतितोला चार हजार ३२५ रुपैयाँ निर्धारण गरिएको छ। बुधबार छापावाल सुन प्रतितोला दुई लाख २८४ हजार ८०० रुपैयाँ र चाँदी प्रतितोला चार हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा भने आज सुन प्रतिऔँस ४ हजार ५९ अमेरिकी डलर र चाँदी प्रतिऔँस ५७ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

तपाईको प्रतिक्रिया