रकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आइतबार बसेको आकस्मिक मन्त्रिपरिषद् बैठकले तीनवटै जिल्लालाई तीन महिनाका लागि विपत् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो।
आइतबार बिहान करिब ८ः३० बजे तिब्बत क्षेत्रबाट रसुवास्थित भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीका कारण रसुवासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ। बाढीले जनधन तथा भौतिक संरचनामा क्षति पुर्याएपछि प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई प्राथमिकताका साथ अघि बढाउन सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेको हो।
संकटग्रस्त क्षेत्र घोषणासँगै प्रभावित जिल्लामा उद्धार तथा राहत व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै क्षतिको मूल्याङ्कन र पुनःस्थापनाका कामलाई तीव्रता दिने सरकारको तयारी छ।

Online Arthik










